२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

ओलीवादले कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्‍योः भुसाल


२९ पुस २०७९, शुक्रबार  

12
Shares

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गरेका छन् ।

एमाले परित्याग गरेको केही समयपछि शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बीच सो पार्टी प्रवेश गरेका भुसालले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताए । नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत दोहोर्‍याए ।

आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनले बताएका छन् । नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको स्पष्टिकरण समेत दिएका छन् ।

नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको तर्क समेत गरे । उनले जनताको बहुदलीय जनवादबारे एकलाईन पनि लेख्न सक्ने क्षमता एमालेका नेताहरुसँग नरहेको जिकीर समेत गरेका छन् ।

नेता भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँडने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको समेत बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध