५ चैत्र २०८१, बुधबार । March 20, 2025

क्रिकेटर सन्दीप आज थुनामुक्त हुँदै



काठमाडौं । नाबालिका बलात्कारको आरोप खेपेका नेपाली क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछाने शुक्रबार (आज) थुनामुक्त हुँदैछन् ।

उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार छुट्न सकेनन् ।

नाबालिकालाई बलात्कारको आरोप खेपेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् ।

जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर