२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

शीतलरबाट महोत्तरीको जनजीवन प्रभावित



महोत्तरी । दुई सातादेखि लगातारको शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ ।

सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् ।

बारी र खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन् । चिसोकै कारण जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ । यातयातका साधन न्यून रुपमा चल्न थालेका छन् ।

बजारमा बाक्लो ऊनी कपडाको बिक्री भने ह्वात्तै बढेको ब्यापारीले बताएका छन् । चिसोकै कारण हाट बजारमा किनमेल गर्न आउनेको सङ्ख्या घटेको छ । चिसोकै कारण जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढेको चिकित्सक बताउँछन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खर पातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन् ।

जाडोबाट जोगाउन १५वटै पालिकाले गाउँ बस्तीमा सर्वसाधारणलाई ताप्नका लागि ठाउँठाउँमा दाउराको व्यवस्था गरेका छन् । जलेश्वरस्थित नेपाली सेनाको रणभीम गणले गरिब दलित बस्तीमा दाउरा बाल्ने, तातो पानी र चिया दिने काम गरिरहेको छ । जिल्लाभर तीन सय २३ विद्यालयको पठनपाठन पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले