२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी नियुक्त


२७ पुस २०७९, बुधबार  

6
Shares

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन रहेको छ । लुम्बिनी प्रदेशमा नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनता समाजवादी पार्टी र जनमत पार्टीका ३/३, सिट छन् ।

नागरिक उन्मुक्तिसँग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा काँग्रेसका २७, लोसपाका ३ र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् । मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले समृद्ध प्रदेश र खुशी जनताको नारालाई पूरा गर्ने प्रतिवद्धता जनाए ।

उनले अबको समय राजनीतिक स्तरबाट जनताको जीवनस्तरमा परिवर्तन गर्ने रहेको बताएका छन् । मुख्यमन्त्री गिरीले आफ्नो काम राजधानी व्यवस्थित गर्ने र सकेसम्म सानो मन्त्रीमण्डल बनाएर प्रदेशको विकासमा लाग्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ