२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी नियुक्त



दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन रहेको छ । लुम्बिनी प्रदेशमा नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनता समाजवादी पार्टी र जनमत पार्टीका ३/३, सिट छन् ।

नागरिक उन्मुक्तिसँग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा काँग्रेसका २७, लोसपाका ३ र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् । मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले समृद्ध प्रदेश र खुशी जनताको नारालाई पूरा गर्ने प्रतिवद्धता जनाए ।

उनले अबको समय राजनीतिक स्तरबाट जनताको जीवनस्तरमा परिवर्तन गर्ने रहेको बताएका छन् । मुख्यमन्त्री गिरीले आफ्नो काम राजधानी व्यवस्थित गर्ने र सकेसम्म सानो मन्त्रीमण्डल बनाएर प्रदेशको विकासमा लाग्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको