२८ माघ २०८१, सोमबार । February 10, 2025

नेप्से परिसूचक २१ दशमलव ३५ गिरावट



काठमाडौं । मंगलवार नेप्से परिसूचकमा करेक्शन आएको छ ।

नेप्से कारोबारको शुरुवातमा ६५ अंकभन्दा बढी अंकले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ । मंगलवार नेप्से परिसूचक २१.३५ अंक घटेर २१९०.४२ बिन्दुमा झरेको छ । त्यस्तै, त्यसैगरी,सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवार नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिना यताकै उच्च भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो । जसमा बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको छ ।

त्यस्तै,वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । मंगलवार नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिव ९ प्रतिशत घटेको छ । आज ङादी गु्रप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चौध सयले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा एक

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईका जिल्लाहरुमा बाक्लो हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

माघ २८ गते सोमबारको तपाईँको राशिफल…

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २८ गते

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक