२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

‘सिरियल किलर’ एक भारतीय दम्पती पक्राउ



काठमाडौं । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् ।

श्रृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो । उनीहरूले श्रृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए ।

श्रीमतीसँग मिलेर गरेको हत्यारा सुशान्तले बताएपछि उनकी श्रीमती शितगङ्गा–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाइ प्रहरीले पक्राउ गरेको छ । गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीहरू दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको