३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

एकीकृत कारोबार गर्दै नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् ।

दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभिने सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो । राष्ट्र बैंकले गत पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

दुई बैंक मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नामबाट आगामी पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो । मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौँ जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ । दुवै बैंक १०० बराबर ९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी रु १८ खर्ब ३१ अर्ब छ भने मेगा बैंकको रु १६ खर्ब १२ अर्ब रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु ३४ खर्ब ४३ अर्ब पुग्नेछ । मर्जरपश्चात् जगेडा कोष रु १९ अर्ब ७५ करोड, निक्षेप सङ्कलन रु तीन खर्ब ४६ अर्ब ८५ करोड र कर्जा प्रवाह रु तीन खर्ब १९ अर्ब ४४ करोड पुग्नेछ ।

मर्जरपश्चात् उपत्यकाभित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यकाबाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय दुई सय दुई र एटिएम सङ्ख्या दुई सय ७९ वटा पुग्नेछन् । यही पुस २७ गते एकीकृत कारोबार अगाडि दुई दिन नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले दुई दिन सेवा बन्द गर्ने भएको छ ।

बैंकले सूचना सार्वजनिक गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि बैंकले पुस २५ र २६ गते सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको हो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं