७ चैत्र २०८२, शनिबार । March 21, 2026

चलचित्र ह्यारी की प्यारीको ट्रेलर सार्वजनिक


२४ पुस २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेपाली चलचित्र ह्यारी की प्यारीको ट्रेलर सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशक डा. कपिल रिजालले चलचित्रको काकम सोचेको जस्तो नै भएको र चलचित्र पनि राम्रो बनेको बताए । उनले राम्रो तरिकाले फिल्म बनाउँदा ठग्छन् भन्ने गरेका भएपनि आफूले अहिलेसम्म पनि ठग नभेटेको बताए ।

उनले नेपाली चलचित्रमा ठग छैनन् भन्न भने नमिल्ने उल्लेख गरे । त्यस्तै अभिनेता जितु नेपालले आफूलाई कमेडीको रुपमा दर्शकले बुझेपनि चलचित्रमा आफ्नो पात्र फरक भएको बताए । उनले चलचित्रमा आफ्नो जीवनमा फिल्म ह्यारी की प्यारी कोशेढुंगा भएको समेत बताएका छन् ।

त्यस्तै कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्न साइन गर्दा अभिनेताको रुपमा जितु नेपाल भन्दा छक्क परेको उल्लेख गरिन् । माघ २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ ।

सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ । डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेको हुन् ।

सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो