१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

एनभिए राष्ट्रिय भलिबलमा विभागीय टोलीको बिजयी शुरुवात


२४ पुस २०७९, आइतबार  

6
Shares

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले आईतवारबाट काठमाडौमा शुरु भएको सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा पुरुषतर्फको आर्मीले दावाली मिलन केन्द्रलाई र नेपाल पुलिसले न्युटन भलिबल एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै सुखद् शुरुवात गरेका हुन् । यस्तै महिलातर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लव र आर्मीले कृष्ण सेकेण्डरी एकेडेमीमाथि जित निकालेका हुन् ।

पुरुषतर्फ विभागीय टोली आर्मीले तीन भारतीय खेलाडी सम्मिलित दावाली मिलान क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो सेटबाट दावालीमाथि २५–२० को सहज जित निकालेको आर्मीले दोस्रो सेटमा भने मेहनत गर्नुपरेको थियो । दोस्रो सेटमा आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२१ को जित निकालेको हो ।

१०–१५ ले पछि परेको आर्मीले दावालीबिरुद्ध १९–१९ मा भेटाउँदै नतिजा उल्टाउन सफल भएको थियो । त्यसपछि दावालीले २ अंक मात्रै जोड्दा आर्मीले दोस्रो सेटमा बाजी मारेको थियो । दुई सेट जितिसकेको अवस्थामा उच्च मनोबलका साथ खेलेको आर्मीले तेस्रो सेट पनि २५–२१ ले पक्षमा पार्दै प्रतियोगिताको पहिलो खेलमा सुखद् नतिजा निकालेको हो ।

यससँगै आर्मीले समूह ‘ए’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मी र दावालीसँगै मणि मुकुन्द भलिबल क्लव रहेका छन् । प्रतियोगिता अन्तर्गत आईतवार नै पुरुषतर्फ समूह ‘सी’ को खेलमा नेपाल पुलिस क्लवले न्युटन भलिबल एकेडेमीलाई २५–१६, २५–१७ र २५–१६ ले पराजित गर्‍यो । यससँगै पुलिसले पनि आईतवारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेको छ । यस जितपछि पुलिसले समूह ‘सी’ मा ३ अंक जोडेको छ । यो समुहमा पुलिससँगै गण्डकी, न्युटन, ढोरपाटन र गण्डकी रहेका छन् ।

प्रतियोगिता अन्तर्गत आईतवारै सम्पन्न महिलातर्फको प्रतिष्पर्धामा आर्मीले कृष्ण सेकेण्डरी एकेडेमीमाथि एकतर्फी खेल देखायो । पहिलो सेटमा २५–३ को न्युन स्कोरबाट नतिजा निकालेको आर्मीले दोस्रो सेटमा २५–५ र तेस्रो सेटमा २५–१० को एकपक्षीय नतिजा निकाल्यो । यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंकको खाता खोलेको छ ।

आर्मी सम्मिलित समूहमा अर्को विभागीय टोली एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेण्डरी एकेडेमी छन् । दिनको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले नयाँबजार समाजिक युवा क्लवलाई पनि १० स्कोर भित्र समेट्दै सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा २५–१० को स्कोरमा नतिजा निकालेको पुलिसले दोस्रो सेटमा २५–६ र तेस्रो सेटमा २५–८ को नतिजाबाट खेल जित्दै सुखद् शुरुवात गरेको हो ।

यससँगै पुलिसले पनि ३ अंक जोडेर तालिकामा खाता खोल्यो भने नयाँ बजार समाजिक युवा क्लवले हारबाट प्रतियोगिताको आरम्भ गरेको छ । पुलिस र नयाँबजार समाजिक युवा क्लव रहेको यस समूहमा एभरेष्ट भलिबल क्लव र न्यु डायमण्ड स्र्पोट्स क्लव रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली