२ पुस २०८२, बुधबार । December 17, 2025

जसपाले सरकारलाई विश्वासको मत दिने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ ।

सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

शनिबार एक विज्ञप्ति जारी गर्दै जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो । कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई शनिबार बुझाएको हो ।

प्रतिवेदनमा प्रभावकारीरूपमा सरकार सञ्चालनका लागि प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषय समेटिएको छ । जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषयमा भने असहमति व्यक्त गरेको छ ।

प्रवक्ता सुमनका अनुसार आइतबार पार्टीको बैठक बसी सरकारलाई विश्वासको मत दिनेबारे औपचारिक निर्णय गर्नेछ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले