३० आश्विन २०८३, शुक्रबार । October 17, 2026

आहा राराको उपाधि भीडन्त आज


२३ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् ।

२२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सङ्कटाले फाइनलमा स्थान पक्का बनाएको थियो ।

बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग १–० को जित निकाल्दै भुटनिज युथ स्पोर्टस् फाइनलमा पुगेको हो । साविक विजेता एपीएफलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको सङ्कटालाई विदेशी खेलाडीको भर छ । सङ्कटामा रहेका दुई क्यामरुनी फरवार्डरले एपीएफविरुद्ध समान दुई–दुई गोल गरेका थिए ।

सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरे । उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए । भुटनिज क्लब पनि उपाधि चुम्ने दाउसहित फाइनलमा उत्रदैँछ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आएका दुवै टिमको फाइनल स्पर्धा रोचक हुने ठानिएको छ ।

गत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा दस टिमको सहभागिता छ । प्रतियोगितका विजेताले रु.१२ लाख र उपविजेताले रु.छ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक विद्युतीय स्कुटर, उत्कृष्ट डिफेन्डर, फरवार्डर, गोलकिपर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु.२५ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको २२ औँ संस्करणका अवसरमा रु.५० हजार पाँचको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि