२ बैशाख २०८३, बुधबार । April 16, 2026

‘हात्तीछाप’मा उपासनाको मुख्य भूमिका


२० पुस २०७९, बुधबार  

9
Shares

काठमाडौं । प्रदर्शनरत फिल्म ‘डिसेम्बर फल्स’ की अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय ‘हात्तीछाप’मा पनि रहने भएको छ ।

फिल्मको मुख्य भूमिकाका लागि उनी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली ठकुरीसँग फिल्म अभिनयका लागि बुधबार सम्झौता गरेका छन् । नेपालीको केही अगाडि फिल्म ‘दुई नम्बरी’ आएको थियो । यो फिल्ममा पनि अभिनेत्रीको रुपमा ठकुरीनै रहेकी थिइन् ।

‘हात्तीछाप’का लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता नेपालीले उनलाई चित्त बुझाएर फाइनल गरिएको बताए । सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय रहने फिल्म सिमोस सुनुवारले निर्देशन गर्न लागेका हुन् ।

एक्सन–थ्रिलर बिषयमा निर्माण हुने फिल्मका सांसद दीपक मनाङ्गे ,व्यवसायी अमलादेवी राई निर्माताको रुपमा रहेका छन् । फिल्मको छायांकन चैतदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व