२८ बैशाख २०८२, आइतबार । May 11, 2025

‘हात्तीछाप’मा उपासनाको मुख्य भूमिका



काठमाडौं । प्रदर्शनरत फिल्म ‘डिसेम्बर फल्स’ की अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय ‘हात्तीछाप’मा पनि रहने भएको छ ।

फिल्मको मुख्य भूमिकाका लागि उनी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली ठकुरीसँग फिल्म अभिनयका लागि बुधबार सम्झौता गरेका छन् । नेपालीको केही अगाडि फिल्म ‘दुई नम्बरी’ आएको थियो । यो फिल्ममा पनि अभिनेत्रीको रुपमा ठकुरीनै रहेकी थिइन् ।

‘हात्तीछाप’का लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता नेपालीले उनलाई चित्त बुझाएर फाइनल गरिएको बताए । सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय रहने फिल्म सिमोस सुनुवारले निर्देशन गर्न लागेका हुन् ।

एक्सन–थ्रिलर बिषयमा निर्माण हुने फिल्मका सांसद दीपक मनाङ्गे ,व्यवसायी अमलादेवी राई निर्माताको रुपमा रहेका छन् । फिल्मको छायांकन चैतदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ