२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

स्वतन्त्र सांसद दीपेन्द्रकुमार माओवादी केन्द्रमा फर्किए



काठमाडौं । रोल्पा प्रदेश सभा (२) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् ।

गएको मङ्सिर ४ गते सम्पन्न चुनावमा उनी माओवादीको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए । लुम्बिनी प्रदेश सभामा भारी मतले विजयी भएका मगरले पार्टी छाडेकोमा आत्मालोचना गर्दै फेरि माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् । पार्टी छाडेर चुनावमा उम्मेदवार बनेपछि उनलाई माओवादीले निष्कासन गरेको थियो ।

मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रोल्पाका प्रतिनिधि सभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ३ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव