४ असार २०८३, बिहिबार । June 18, 2026

पोखरेलीको सपना पूरा भयोः धनराज आचार्य


१७ पुस २०७९, आइतबार  

9
Shares

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा प्रमुख आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताए । विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका ल्याण्डफिल साइटको व्यवस्थापन तथा रिठ्ठेपानी डाँडा कटानको काम पूरा गरेको बताए । उनले विमानस्थल सञ्चालनमा आउनका लागि महानगरअन्तर्गत वडा नं १४ का जनताको ठूलो योगदान रहेको बताए ।

“वडा नं १४ का जनताले आफ्नो जग्गा अधिग्रहणमार्फत सरकारलाई उपलब्ध गराएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्भव भएको हो”, उनले भने । कार्यक्रममा विमानस्थल निर्माणका परिकल्पनाकार शङ्करराज पाठक र पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको ठूलो योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा