८ कार्तिक २०८३, आइतबार । October 25, 2026

बधाईका लागि समय नमाग्न प्रधानमन्त्री दाहालको आग्रह


१४ पुस २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई र शुभकामना आदान प्रदानका आफुसंग समय नमाग्न सबैलाई आग्रह गरेका छन् ।

अबको समय देश निर्माणका लागि महत्वपूर्ण भएकाले बधाई र शुभकामनाको नाममा समय खर्चिन उचिन नहुने भन्दै दाहालले यस्तो आग्रह गरेका हुन् । दाहालले बाधाई भन्दा पनि सरकारको कामलाई प्रभावकारी बनाउन सल्लाह र सुझाव पेस गर्न सवैलाई अपिल समेत गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्युले बधाई र शुभकामना आदानप्रदानको लागि समय माग गर्नु भएका सबै दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेश गरिदिन पनि आग्रह गर्दछौं ।’

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि