१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

स्पेनिस क्लवसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं– ११ पराजित


१४ पुस २०७९, बिहिबार  

6
Shares

काठमाडौं । स्पेनको क्लव कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार साँझ भएको खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लव कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको हो । यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुईवटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ । कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे ।

४१ औं मिनेटमा काठमाडौं ११ का गोलकिपर विशाल श्रेष्ठको गल्तीको फाइदा उठाउँदै अल्भारोले पहिलो हाफमा अग्रता दिलाएका थिए । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाडौं–११ बिरुद्ध स्पेनिस टोलीले ८२ औं मिनेटमा डेभिडले गोल थप्दै अग्रता दोब्बर बनाएका थिए ।

त्यसको चार मिनेट पछि जर्ज प्रिन्स कार्की एक गोल फर्काउँदै अन्तर घटाएपनि बाँकी समयमा थप गोल हुन सकेन र भ्रमणकारी टोलीले जित निकाल्न सक्यो । यसअघि कासेरेन्योले बुधवार पोखरा रंगशालामा गण्डकी–११ सँग खेलेको थियो । उक्त खेलमा कासेरेन्योले गण्डकी–११ माथि ३–० को जित निकाल्दै पहिलो मैत्रिपूर्ण खेलमा सुखद् नतिजा निकालेको थियो । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो ।

स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउण्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली