२ बैशाख २०८३, बुधबार । April 16, 2026

चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक


१४ पुस २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेपाली चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपाली सिनेमामा पुराना सिनेमाका धारहरु नयाँ जेनेरेशनसँग मेटिँदै गएको बताए । उनले अहिलेका चलचित्रका कथावस्तुहरु अहिलेको पुस्तालाई केन्द्रिकृत गरेर आउने गरेको र चलचित्र ह्यारी कि प्यारी परिवारका सबै सदस्यहरु एकसाथ बसेर हेर्नसक्ने चलचित्र रहेको बताए ।

उनले ह्यारी कि प्यारी नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन गर्नेगरी राम्रो बनाउने प्रयास गरिएको उल्लेख गरेका छन् । त्यस्तै अभिनेत्री रेखा थापाले चलचित्र एकदमै राम्रो बनेकाले सबैले हेर्नुपर्ने बताइन । उनले भोला रिजालको प्रोडक्शनमा चलचित्र बनेको भन्दै आफूलाई काम गर्न पाउनु पनि गर्वको कुरा भएको उल्लेख गरिन । बिआर (भोला रिजाल) प्रोडक्शनकको प्रश्तुतीमा निर्माण भएको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।

सिनेमामा अभिनेत्री रेखा थापा विशेष भुमिकामा रहेकी छिन् । डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्दैछन् । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

सुदीप बरालले छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व