९ बैशाख २०८३, बुधबार । April 22, 2026

‘ए’ डिभिजन लिग फागुन १९ देखि हुने


१४ पुस २०७९, बिहिबार  

6
Shares

काठमाडौं । पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीवार असन्तुष्ट क्लव र एन्फाबीचको छलफलपछि ए डिभिजन लिग फागुन १९ गतेबाट हुने सहमति भएको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फा र क्लवका पदाधिकारिबीच भएको छलफलमा लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए । यसअघि एन्फाले पुस २६ गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि एन्फाले पछिल्लोपटक पुस ७ गते क्लवहरूलाई टिम दर्ता गर्न समयसीमा तोेकेको थियो । तर, उक्त दिन बसेको एन्फा र क्लव पदाधिकारीको बैठक दर्ताको विषयमा भने छलफल जारी नै रहेको संकटा क्लबका अध्यक्ष तुलाधरले जानकारी दिए । एन्फाले योपटक डबल राउण्ड रोबिन पद्धतिमा लिग सञ्चालन गर्ने तयारी गरेको थियो । त्यसका लागि पहिलेको भन्दा लाग्ने खर्च पनि दोब्बर हुने भएकाले तयारी खर्च बढाउन एन्फा तयार भएको थियो ।

विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्च बापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो । एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लवहरूलाई दिन बाँकी नै छ । उक्त रकम थपेर एन्फाले क्लवहरूलाई साढे ३२ लाख तयारी खर्च उपलब्ध गराउनुपर्नेछ । एन्फाले नयाँ सिजनको लिग सुचारु गर्न पहिलो किस्तास्वरूप १५ लाख र वक्यौता रकम साढे सात लाख गरी साढे २२ लाख रुपैयाँ क्लवहरूलाई गएको मंसिर १५ गतेभित्र उपलब्ध गराउने भनेको थियो ।

मंसिर २५ गतेभित्र क्लवहरूले कम्तीमा १८ खेलाडीसहितको टिम दर्ता गर्ने सहमति गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित