४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाल टि ट्वान्टी क्रिकेट लिग, लुम्बिनीसँग पोखरा स्तब्ध


१२ पुस २०७९, मंगलबार  

3
Shares

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको हो । पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीको जितमा कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भने साडले भान स्काल्कविकले अविजित ३१ रन बनाए ।

साथै, उन्मुक्त चन्दले २२, अनिल शाहले १९ तथा गुल्शन झाले १० रन जोडे । बलिङतर्फ पोखराका विपीन खत्री र कुशल मल्लले समान दुई/दुई विकेट लिए भने प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्वाधिक ६१ रनको योगदान दिए ।

उनले ३१ बल खेल्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा ६१ रन बनाएका थिए । त्यसैगरी उपुल थरङ्गाले ४२ रन जोडे भने विपीन खत्रीले ९ तथा आशिफ शेखले ६ रन जोडे । बलिङतर्फ लुम्बिनीका साडले भान स्काल्कविकले तीन विकेट लिए भने किशोर महतो र गुल्सन झाले समान दुई दुई विकेट लिए ।

त्यस्तै हरमित सिंह र सागर ढकालले समान एक/एक विकेट लिए । यस जितसँगै लुम्बिनीले जारी प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । लुम्बिनीले ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै समान तीन खेल खेलेको पोखरा तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । पोखरा अङ्क तालिकाको अन्तिम स्थानमा छ । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौथोले रु पाँच लाख पाउने छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा