२१ माघ २०८१, सोमबार । February 3, 2025

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्छुः मन्त्री श्रेष्ठ



काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् ।

सोमवार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताए । उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गरे ।

जनताले कानूनसम्मत रहेका कुनैपनि कामलाई भनसुन नगरीकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । त्यस्तै जनताको अपेक्षा अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार आफूले काम गर्ने बताए । मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए ।

उनले भ्रष्टाचार गर्नेहरु र आफू अनुकुल ऐन, कानूनहरु बनाउनेहरुको दिन गएको समेत उल्लेख गरे । मन्त्री श्रेष्ठले जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते