२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छः प्रधानमन्त्री देउवा



ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् ।

शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभुति दिलाउन सरकारले काम गरिरहेको बताए । उनले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको पनि बताए ।

उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरुसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ समेत गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ४ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको