३ आश्विन २०८३, शनिबार । September 20, 2026

प्रतिनिधि सभा सदस्यहरुले लिए शपथ


७ पुस २०७९, बिहिबार  

6
Shares

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरुले बिहीबार शपथग्रहण गरेका छन् ।

प्रतिनिधि सभाका सदस्यहरुले संसदका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराबाट शपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य जबराले भने बुधवार राष्ट्रपतिबाट शपथ लिएका थियो । प्रतिनिधि सभामा प्रत्यक्ष १६५ र समानुपातिकबाट ११० गरी २७५ जना सांसद रहेका छन् ।

संविधानमा सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार संसदको ज्येष्ठ सदस्यले सांसदहरुलाई शपथ गराएका हुन् । संसदमा ८९ जना सांसदसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल र नेकपा (माओवादी केन्द्र) बाट ३२ जना सांसदसहित तस्रो ठूलो दल बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा (एकीकृत समाजवादी) का १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन् । २७५ सांसदहरुमध्ये २५ जना सांसदले १४ मातृभाषामा शपथ लिनुभएको छ भने अन्यले नेपाली भाषामा शपथ लिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली