२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

प्रतिनिधि सभा सदस्यहरुले लिए शपथ



काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरुले बिहीबार शपथग्रहण गरेका छन् ।

प्रतिनिधि सभाका सदस्यहरुले संसदका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराबाट शपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य जबराले भने बुधवार राष्ट्रपतिबाट शपथ लिएका थियो । प्रतिनिधि सभामा प्रत्यक्ष १६५ र समानुपातिकबाट ११० गरी २७५ जना सांसद रहेका छन् ।

संविधानमा सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार संसदको ज्येष्ठ सदस्यले सांसदहरुलाई शपथ गराएका हुन् । संसदमा ८९ जना सांसदसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल र नेकपा (माओवादी केन्द्र) बाट ३२ जना सांसदसहित तस्रो ठूलो दल बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा (एकीकृत समाजवादी) का १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन् । २७५ सांसदहरुमध्ये २५ जना सांसदले १४ मातृभाषामा शपथ लिनुभएको छ भने अन्यले नेपाली भाषामा शपथ लिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको