२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

क–कसले लिँदैछन् मातृ भाषामा शपथ ? (सूची सहित)



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज हुँदैछ ।

संसद सचिवालयले बिहीबार दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाउन लागेको हो । नवनिर्वाचित सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जवराले शपथ खुवाउनेछन् । जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् ।

शपथ ग्रहण गर्ने प्रत्यक्षतर्फका १६५ र समानुपातिकका १०९ गरी २७४ प्रतिनिधिसभा सांसदमध्ये २६ जनाले आ-आफ्नै मातृ भाषामा शपथ लिनेछन् । आज हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए । उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् ।

जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन् । मैथली भाषामा तीन जनाले शपथ लिने छन् । सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एकरएक जना सांसदले शपथ लिने भएका छन् ।

साथै, एकरएक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् ।

क–कसले लिँदैछन् मातृ भाषामा शपथ ?
सराज अहमद फारुकी – उर्दु भाषा
हितबहादुर तामाङ – तामाङ भाषा
प्रदीप यादव – भोजपुरी भाषा
रुपा सोसी चौधरी – थारु भाषा
दुर्गा राई – कोइरकोयू भाषा
रामसहाय प्रसाद यादव – भोजपुरी भाषा
रन्जु कुमारी झा – मैथली भाषा
कान्तिका सेजुवाल – नेपाली खस भाषा
अरुण कुमार चौधरी – थारु भाषा
गंगाराम चौधरी डगौरा – थारु भाषा
लालवीर चौधरी – थारु भाषा
विनिता कुमारी सिंह – मधेसी भाषा
चन्द्रकान्त राउत – मधेसी भाषा
अनिता देवी – मधेसी भाषा
सोनु मुर्मु – सन्याली भाषा
सुमना श्रेष्ठ – नेपाल भाषा
मनिष झा – मैथली भाषा
लक्ष्मी तिवारी – अवधि भाषा
अशोक कुमार चौधरी – थारु भाषा
मिना तामाङ – तामाङ भाषा
असिम साह – नेपालीरमुस्लिम भाषा
सूर्यमान तामाङ दोङ – तामाङ भाषा
महिन्द्रराय यादव – हिन्दी भाषा
उमरादेवी यादव – भोजपुरी भाषा
किरण कुमार साह – संस्कृत भाषा

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको