१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

क–कसले लिँदैछन् मातृ भाषामा शपथ ? (सूची सहित)


७ पुस २०७९, बिहिबार  

15
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज हुँदैछ ।

संसद सचिवालयले बिहीबार दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाउन लागेको हो । नवनिर्वाचित सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जवराले शपथ खुवाउनेछन् । जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् ।

शपथ ग्रहण गर्ने प्रत्यक्षतर्फका १६५ र समानुपातिकका १०९ गरी २७४ प्रतिनिधिसभा सांसदमध्ये २६ जनाले आ-आफ्नै मातृ भाषामा शपथ लिनेछन् । आज हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए । उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् ।

जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन् । मैथली भाषामा तीन जनाले शपथ लिने छन् । सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एकरएक जना सांसदले शपथ लिने भएका छन् ।

साथै, एकरएक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् ।

क–कसले लिँदैछन् मातृ भाषामा शपथ ?
सराज अहमद फारुकी – उर्दु भाषा
हितबहादुर तामाङ – तामाङ भाषा
प्रदीप यादव – भोजपुरी भाषा
रुपा सोसी चौधरी – थारु भाषा
दुर्गा राई – कोइरकोयू भाषा
रामसहाय प्रसाद यादव – भोजपुरी भाषा
रन्जु कुमारी झा – मैथली भाषा
कान्तिका सेजुवाल – नेपाली खस भाषा
अरुण कुमार चौधरी – थारु भाषा
गंगाराम चौधरी डगौरा – थारु भाषा
लालवीर चौधरी – थारु भाषा
विनिता कुमारी सिंह – मधेसी भाषा
चन्द्रकान्त राउत – मधेसी भाषा
अनिता देवी – मधेसी भाषा
सोनु मुर्मु – सन्याली भाषा
सुमना श्रेष्ठ – नेपाल भाषा
मनिष झा – मैथली भाषा
लक्ष्मी तिवारी – अवधि भाषा
अशोक कुमार चौधरी – थारु भाषा
मिना तामाङ – तामाङ भाषा
असिम साह – नेपालीरमुस्लिम भाषा
सूर्यमान तामाङ दोङ – तामाङ भाषा
महिन्द्रराय यादव – हिन्दी भाषा
उमरादेवी यादव – भोजपुरी भाषा
किरण कुमार साह – संस्कृत भाषा

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र