२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

गण्डकी प्रदेशमा सांसदको शपथ पुस १४ गते



कास्की । मङ्सिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरूलाई यही पुस १४ गते शपथ खुवाइने भएको छ। 

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी ज्येष्ठ सदस्य तथा सांसदको पद तथा गोपनीयताको शपथग्रहणबारे जानकारी दिएको हो। पोखराको नदीपुर स्थित प्रदेशसभा हलको कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले बताए। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबैभन्दा ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई पुस १३ गते शपथग्रहण गराउने छन्।

शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति फोटो पनि बोकेर आउन भनेको छ। मातृभाषामा पनि शपथ खान पाइने छ। यसका लागि शपथ ग्रहणको तीन दिन अघि नै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने छ।

प्रदेशसभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाउने व्यवस्था छ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्। प्रदेश प्रमुख गुरुङले  पर्वतको प्रदेश सभा (ख) बाट चुनाव जितेका ६५ वर्षीय बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ ग्रहण गराउने छन्।

गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्ष र २४ समानुपातिकबाट गरेर ६० जना निर्वाचित भएका छन्। अरू ५९ जना सदस्यलाई बस्यालले प्रदेशसभा हलमा शपथ खुवाउने छन्। गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता पनि बस्यालले नै गर्नेछन्। 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको