१ आश्विन २०८३, बिहिबार । September 18, 2026

काठमाडौंको मौसम बिग्रियो


७ पुस २०७९, बिहिबार  

6
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ ।

बिहीबार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ ।

जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ । हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ ।

अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बिहीबार राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १० : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ