४ असार २०८३, बिहिबार । June 18, 2026

फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने


६ पुस २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेपाल टि–२० क्रिकेट लिगमा फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने भएका छन् ।

विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै वेस्ट इण्डिजका ब्याट्सम्यान आन्द्रे म्याकार्थीले विराटनगर सुपर किङ्सको कप्तानी गर्ने जनाएको हो । विराटनगरले म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम समेत घोषणा भएको छ । विराटनगरले प्रतियोगिताका लागि जर्सी समेत सार्वजनिक गरेको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यो लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।

नेपाली खेलाडीमाः– रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीप सिंह ऐरी,पृथु बास्कोटा, रिजन ढकाल रहेका छन् ।

विदेशी खेलाडीमाः– सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन रहेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा