२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

उम्मेदवारी फिर्ता लिन देउवालाई थापाको आग्रह


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् ।

मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली काँग्रेसहरुमा खुशी र उत्साह हुने उनको भनाई थियो ।

महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि काँग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे । उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे । संसदीय दलको नेताको चुनाव नेपाली काँग्रेसको भविष्य र अपेक्षासँग जोडिएको उनले प्रस्ट पारे ।

महामन्त्री थापाले नेपाली काँग्रेसको नेतृत्वको सरकारबाट जनताले सुशासनको अपेक्षा गरेको बताए। महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रश्तावकमा डा. शेखर कोईराला रहेका छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।

संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध