२० माघ २०८१, आइतबार । February 3, 2025

काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्छ : महामन्त्री शर्मा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशातर्फ लैजानुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौंको एक होटलमा संस्थापन इतर समूहको बैठकमा पुगेका महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने खुड्किलोको रुपमा पार्टीका नेता डा. शेखर कोईरालाले युवामा सत्ता पुस्तान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेताको रुपमा प्रश्तावक गर्नु गर्वको विषय भएको बताए ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्ने विश्वास व्यक्त गरे । महामन्त्री शर्माले लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्ने बताए । संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेता बनाएर अघि बढ्ने सहमति भएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ