३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

कस्तो रहला आजको मौसम, पानी पर्ने सम्भावना कति ?



काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आईतबार दिउँसो प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आईतबार राति प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै आगामी २४ घण्टामा प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने र प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुर्पा प्रहार गरि बुबाद्वारा छोरी र भतिजाको हत्या

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित शुक्रनगरमा एक दर्दनाक पारिवारिक

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के

रुस-युक्रेन युद्धः ट्रम्प-पुटिन भेट बिना प्रगति नहुने कूटनीतिज्ञको दाबी

एजेन्सी । टर्कीको इस्तानबुलमा तय गरिएको युक्रेन-रुस शान्ति वार्तालाई लिएर