३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

नवलपरासीमा शीतलहरबाट जोगिन पूर्वतयारी सुरु



नवलपरासी । चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ ।

चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको छ ।

नवलपरासीसहित तराईका जिल्लामा चिसो मौसमसँगै शीतलहरका कारण विशेषगरी विपन्न, गर्भवती , बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले लक्षित वर्गलाई जोगाउन आवश्यक तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । “सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा सामूहिक धुनी (आगो ताप्ने) प्रबन्ध मिलाउन डिभिजन वन कार्यालयले न्यूनतम शुल्कमा दाउरा उपलब्ध गराउनेछ उनले बताए ।

शीतलहरबाट बच्ने उपायका बारेमा सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रकाशन तथा प्रसारण गर्ने एवं शीतलहरको समयमा सडकयात्राको क्रममा दुर्घटनाको जोखिम हुने भएकाले सवारीसाधनमा फग्गी लाइटको अनिवार्य व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ । त्यसैगरी विद्यार्थीको स्कुल झोलामा रिफ्लेक्टिभ टेप वा स्टिकर टाँस्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

बैठकले जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा विपद् प्रभावित २० परिवारलाई वितरण गरिएको रु ९२ हजार अनुमोदन गरेको छ । शीतलहरको प्रभाव न्यून गर्ने पूर्वतयारीको कार्यमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले दैवीप्रकोप उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न स्थानीय तह तथा सरोकारवाला सङ्घसंस्थालाई आग्रह गरे ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महीला टी-२० विश्वकप छनोटः नेपाली महिला टिम सुपर-३ मा

काठमाडौं । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट

खुर्पा प्रहार गरि बुबाद्वारा छोरी र भतिजाको हत्या

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित शुक्रनगरमा एक दर्दनाक पारिवारिक

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के