२५ माघ २०८१, शुक्रबार । February 7, 2025

हिटिङ पौडी पोखरी सञ्चालनमा



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शनिबारदेखि सञ्चालनमा आएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गरे । सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ ।

प्रशिक्षणको सुविधासहित १ महिनाको १२ हजार तथा ३ महिनाको ३० हजार सदस्यता शुल्क निर्धारण गरिएको छ । पौडी पोखरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म ४ सिफ्टमा सञ्चालन हुने पौडी पोखरीका प्रमुख देवराज कट्वालले जनाएका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक सिरिजः थाइल्याण्डले उचाल्यो उपाधि, नेपाल जितविहीन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आज थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी २०

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम

आजको विनिमयदरः अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी