८ बैशाख २०८३, मंगलबार । April 21, 2026

देउवाले पार्टीका नवनिर्वाचित सांसदलाई बोलाए बालुवाटार


२ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा पार्टी सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाएका छन् ।

निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन शनिबार दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । बधाइ ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको तयारीका रूपमा हेरिएको छ । यस क्रममा सरकार गठनका लागि भइरहेका प्रयास लगायत सांसदको भूमिकाबारे कुराकानी हुने बताइएको छ ।

कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेताहरू शेखर कोइराला र प्रकाशमान श्रेष्ठले आकांक्षा देखाएका छन् । यसै साताभित्र संसदीय दलको नेता छान्न निर्वाचन गर्ने कांग्रेसको तयारी छ । 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित