२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

आर्यन र उपासना स्टारर ‘डिसेम्बर फल्स’को ट्रेलर रिलिज (भिडिओ)



काठमाडौं । चलचित्र डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका ट्रेलरमा महशुस गर्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह गरे ।

उनले दर्शकले आर्यन सिग्देललाई जस्तो फिल्ममा देख्न रुचाएका थिए सोही फिल्म बनेको दाबी गरे । सञ्चारकर्मीहरुको जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो भन्दै प्रश्नसमेत गरेका थिए । जसमा उनले पल शाहको कथावस्तुलाई फिल्ममा नराखिएको दाबी गरे । फिल्ममा नर्सको लाइफमा भएका उत्तारचढाव समेटिएको दाबी गरे ।

कार्यक्रममा कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले फिल्म राम्रो बनेको बताए । उनले मरमसला पूरा भएको चलचित्रका रुपमा आफूले डिसेम्बर फल्सलाई लिएको बताए । प्रविण झा निर्देशित सिनेमाको ट्रेलरमा कतैँ खुल्ला र कतै सस्पेन्स छोडिएको छ ।

पुस १५ गते रिलिज हुने सिनेमामा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । बीपीका खनालको कथा, केदार भुषाल/प्रतिक पौडेलको संवाद/पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा/कोसिस क्षेत्री/सुशान्त गौतम/प्रतिक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ । रामप्रसाद रिजालको प्रश्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल/अशिम काफ्लेको कार्यकारी निर्माण छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको