३० बैशाख २०८२, मंगलबार । May 13, 2025

मानवसेवा आश्रमको भवन निर्माणका लागि नेपथ्य लाईभ कन्सर्ट



कास्की । मानवसेवा आश्रमको भवन निर्माणका लागि पुस १२ गते पोखरामा ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ ।

कुल रु १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको भवनका बाँकी काम पुरा गर्न आर्थिक अभाव भएपछि सांगीतिक कार्यक्रम मार्फत आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो । आश्रम निर्माणका लागि महिनाव्यापी हुने नेपथ्य लाइभ कन्सर्ट अन्तर्गत मंसिर १६ गते विराटनगरबाट सुरु भई पुस १६ गते काठमाडौँमा समापन हुनेछ । मंसिर १९ गते वीरगञ्जको आदर्शनगर रंगशालामा, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रंगशालामा कन्सर्ट भएको थियो ।

पुष ३ गते धनगढी रंगशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ रामनगरको मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रुपमा अंग्रजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा कन्सर्ट हुनेछ । कार्यक्रमको टिकल बुकिङ शुरु भएको र नजिकका आश्रम कार्यालयबाट टिकल लिन सकिने आश्रमले जनाएको छ । पोखरा आश्रमले आगामी माघ २० गतेदेखि श्रीमत् भागवत ज्ञान विज्ञान महायज्ञ आयोजना गरी आर्थिक संलन गर्ने योजनासमेत बनाएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

पोखरामा रहेको शाखा मानवसेवा आश्रमको नवौँ शाखा हो । विसं २०७४ साल चैत १७ मा पोखरा महानगरपालिका १७ छोरेपाटनमा आश्रमले शाखा विस्तार गरेको थियो । हालसम्म मानवसेवा आश्रम भवनको ४० प्रतिशत र लक्ष्मीनारायण मन्दिरको १० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ ।

आश्रमको निर्माणपछि यहाँ २०० जना सहयोगापेक्षी सडक आश्रित मानव राख्न सकिनेछ । हालसम्म गण्डकी प्रदेश सरकारको रु दुई करोड, पोखरा महानगरपालिकाको रु ५० लाख, स्थानीय परोपकारी व्यक्तिहरुको रु एक करोड, अन्य स्थानीय पालिकाहरुको रु १५ लाख सहयोग प्राप्त भइ भवन निर्माण जारी छ । खाना, नाना, र छानाको अभावमा पोखरासहित नेपालकै सडकपेटीमा रहनु नपर्ने अवस्था सिर्जना गर्ने संकल्पका साथ सुरु भएको यो अभियानलाई पूर्णता दिन पोखरा महानगरवासी तथा देश विदेशमा रहनुभएका परोपकारी मनहरुले खुलेर योगदान गर्नुहुनेमा आफू विश्वस्त रहेको आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले