२ बैशाख २०८३, बुधबार । April 16, 2026

गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो


२९ मंसिर २०७९, बिहिबार  

9
Shares

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी आस्थालाई अमेरिकाको अध्यागमनले फिर्ता पठाइदिएको छ।

भिजिट भिसामा अमेरिका गएकी आस्थालाई इमिग्रेसनले भिजिट भिसामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने भन्दै फर्काइदिएको हो। इमिग्रेसनले उनलाई पर्फमेन्स भिसा लिएर आउन भनिएको छ। आस्थाले आफू अमेरिकाबाट फर्कनु प्राविधिक समस्या भएको बताएकी छन्।

उनले भनिन्, ‘ भिजिट भिसामा यस अगाडि म पटक–पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो तर अहिले भने भिजिट भिसा हुँदैन, पर्फमेन्स भिसा चाहियो भनेर फर्कायो।’ उनले अमेरिकाको नियम परिवर्तन भएका कारण आफूलाई फर्काइएको हुनसक्ने बताएकी छन्। इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गर्न भनेको थियो।

गत डिसेम्बर १२ मा फर्किएकी आस्था अमेरिका दूतावास जान भने भ्याएकी छैनन्।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व