२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

युरोकाे भाउ उकालाे, यस्तो छ विदेशी मुद्राकाे विनिमय दर



काठमाडौं । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्राकाे विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

बुधबार भने अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ५६ पैसाले ओरालो छ । युरोपियन युरोमा १ रुपैयाँ ७ पैसाले उकालो लागेको छ ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्री दर १४० रुपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको  खरिद दर १३९ रुपैयाँ २३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो । अष्ट्रेलियन डलर १ रुपैयाँ १२ पैसाले उकालो लागेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलरमा पनि ७९ पैसाले वृद्धि भई एकको खरिददर भने ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २१ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४ पैसा कायम रहेको छ।

बुधबार कतारी रियाल खरिददर ३६ रुपैयाँ २ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ। यता, मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९८ पैसा र बिक्री दर ३० रुपैयाँ ११ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १२ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको