२ चैत्र २०८१, आइतबार । March 16, 2025

पुसमा किन्डर ओलम्पिक हुने



काठमाडौं । आगामी पुस महिनामा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।

आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा विगत १० वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आइरहेको सो खेल उत्सव यो वर्ष पुस २ र पुस ९ गते आयोजना हुने भएको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिनेछ ।

त्यसमा नर्सरी, युकेजी एलकेजीका साढे २ वर्षदेखि साढे ५ वर्षसम्मका साना खेलाडीहरुले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा झन्डै १४ सय साना खेलाडीहरु समावेश हुने जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको आयोजना गर्न लागेको जानकारी दिइन् ।

हजार भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ । प्रतिष्पर्धी विद्यार्थीहरु एउटै खेलथलोमा प्रतिष्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजकको दाबी छ । प्रतियोगिता सन् २०१२ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको