११ चैत्र २०८२, बुधबार । March 26, 2026

पुसमा किन्डर ओलम्पिक हुने


२८ मंसिर २०७९, बुधबार  

6
Shares

काठमाडौं । आगामी पुस महिनामा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।

आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा विगत १० वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आइरहेको सो खेल उत्सव यो वर्ष पुस २ र पुस ९ गते आयोजना हुने भएको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिनेछ ।

त्यसमा नर्सरी, युकेजी एलकेजीका साढे २ वर्षदेखि साढे ५ वर्षसम्मका साना खेलाडीहरुले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा झन्डै १४ सय साना खेलाडीहरु समावेश हुने जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको आयोजना गर्न लागेको जानकारी दिइन् ।

हजार भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ । प्रतिष्पर्धी विद्यार्थीहरु एउटै खेलथलोमा प्रतिष्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजकको दाबी छ । प्रतियोगिता सन् २०१२ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali