२८ बैशाख २०८२, आइतबार । May 12, 2025

सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुस्ः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरुले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पारे । उनले निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा सोचेको बताए ।

अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्र बीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै तत्काल परेका समस्याहरुमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताए । उनले मयानुसारको नीतिहरुको निर्माण गर्दै जान र नीतिहरु निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको बताए । अर्थमन्त्री शर्माले तिब्र आर्थिक विकासको जन चाहना आवश्यक्ता रहेको बताए ।

उनले अर्थतन्त्रलाई गुणात्मक रुपले विकास गर्नु चलायमान बनाउने चुनौती रहेपनि सरकार त्यसमा लागिपरेको बताए । उनले अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको बताए । उनले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा संकुचन भएको बताए ।

उनले उत्पादनलाई अझ बढी बिस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने बताए । अर्थमन्त्री शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताए । उनले नीति निर्माण राम्रा भएपनि नीतिहरुलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यक्ता रहेको बताए ।

उनले नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको बताए । मन्त्री शर्माले निर्यात गर्नसक्ने वस्तुहरुको प्राथमीकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित