२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जग्गा र पार्किङस्थल खाली गर्न स्काउटको निर्देशन


२८ मंसिर २०७९, बुधबार  

9
Shares

काठमाडौं । नेपाल स्काउटले लौनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ ।

खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत भोगचलन गर्दै आएको स्काउटको भनाइ छ । ‘मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९ बमोजिम ३५ दिनभित्र स्थान खाली गरी, बाँकी रहेको हरहिसाबसमेत हरफार गरी, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा जानकारी गराउन खड्का लैण्ड डेभलपमेन्ट प्रालि बूढानिलकण्ठको नाममा यो सूचना जारी गरिएको छ’ बुधबार गोरखापत्रमा स्काउटले निकालेको सूचनामा भनिएको छ ।

गोरखापत्रमा स्काउटले निकालेको सूचना

लौनचौरस्थित खानी विभागसँग जोडिएको ३ रोपनी जग्गा तथा पार्किङस्थल खाली गर्नुपर्ने पनि स्काउटको भनाइ छ । २०७९ असार १३ को उच्च अदालत पाटनको फैसाका आधारमा खड्का लैण्ड प्रालिले उक्त जग्गा खाली गर्नुपर्ने पनि नेपाल स्काउटको भनाइ छ । खड्का प्रालिले २०६५ सालमा सम्झौता गरी १० वर्ष जग्गा भोगचलन गरेको थियो। २०७५ सालदेखि सम्झौता मिति सकिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ