१३ कार्तिक २०८३, शुक्रबार । October 30, 2026

जग्गा र पार्किङस्थल खाली गर्न स्काउटको निर्देशन


२८ मंसिर २०७९, बुधबार  

9
Shares

काठमाडौं । नेपाल स्काउटले लौनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ ।

खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत भोगचलन गर्दै आएको स्काउटको भनाइ छ । ‘मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९ बमोजिम ३५ दिनभित्र स्थान खाली गरी, बाँकी रहेको हरहिसाबसमेत हरफार गरी, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा जानकारी गराउन खड्का लैण्ड डेभलपमेन्ट प्रालि बूढानिलकण्ठको नाममा यो सूचना जारी गरिएको छ’ बुधबार गोरखापत्रमा स्काउटले निकालेको सूचनामा भनिएको छ ।

गोरखापत्रमा स्काउटले निकालेको सूचना

लौनचौरस्थित खानी विभागसँग जोडिएको ३ रोपनी जग्गा तथा पार्किङस्थल खाली गर्नुपर्ने पनि स्काउटको भनाइ छ । २०७९ असार १३ को उच्च अदालत पाटनको फैसाका आधारमा खड्का लैण्ड प्रालिले उक्त जग्गा खाली गर्नुपर्ने पनि नेपाल स्काउटको भनाइ छ । खड्का प्रालिले २०६५ सालमा सम्झौता गरी १० वर्ष जग्गा भोगचलन गरेको थियो। २०७५ सालदेखि सम्झौता मिति सकिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक