८ चैत्र २०८२, आइतबार । March 22, 2026

काभ्रे दुर्घटना अपडेट

मृतक १८ मध्ये १३ जनाको पहिचान खुल्यो


२८ मंसिर २०७९, बुधबार  

6
Shares

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ मा भएको बस दुर्घटनामा ज्यान गुमाउने १८ जना मध्य १३ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेहरुमा ७ जना एउटै वडाका रहेका छन् । मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ, ६ वर्षीया श्रेया तामाङ बनेपा नगरपालिका वडा नं ११ का रहेका छन् ।

अन्य मृत्यु हुनेमा बनेपा १४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल–११ का ३० वर्षीय बुद्ध तामाङ, बेथानचोक– ५ का ३२ वर्षीय मञ्जु तामाङ छन् । बस चालक ललितपुर महांकाल–४ घर भई हाल पनौती–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ ।

मृतकमध्ये ५ जनाको अझै पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार राति दुर्घटना भएको थियो । उक्त बसमा ३९ जना यात्रु सवार रहेका थिए ।

दुर्घटनामा घाइते अन्य २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल, वीर अस्पताल, न्यूरो असपताल बाँसबारीमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो