१३ फाल्गुन २०८१, मंगलबार । February 25, 2025

बस दुर्घटना अपडेट

मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते



काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ भर्खरै बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्‍याइएको छ । अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो ।

अझै मृतकको पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा रहेको थियो । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।

दुर्घटनामा मृत्यु भएकाको शव धुलिखेल अस्पतालमा लगिँदैछ । यसैबीच गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रजिअ पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखी पठाउन निर्देशनसमेत दिइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ

म्याग्दी केन्द्रबिन्दु भएर केहि मिनेटको अन्तरमै २ भूकम्पको धक्का

काठमाडौं । मंगलबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ

काभ्रेमा बस दुर्घटना, २४ जना घाइते

काठमाडौं । काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते

आजको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउन्ड स्ट्रलिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक