१ चैत्र २०८१, शनिबार । March 16, 2025

काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु



काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना भएको छ ।

बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइतेहरुमध्ये आठ जनाको बनेपास्थित शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रनाउ न्यौपानेले बताए । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

बसमा सवार कति थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको न्यौपानेले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा