२० माघ २०८१, आइतबार । February 2, 2025

नयाँ पार्टी खोल्दैछौं: प्रभु साह



काठमाडौं । रौतहट- ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् ।

निर्वाचनको मनोनयन दर्ता गर्नेक्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिएका हुन् । ‘नयाँ पार्टी खोल्ने विषयमा छलफल चलिरहेको छ । तर के नाम राख्ने भन्ने निर्णय भइसकेको छैन,’ साहले भने । तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

माओवादी र एमाले दुवैमा उनी स्थायी कमिटी सदस्यसमेत थिए । तर अहिले उनी दुवै पार्टीमा छैनन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा साहको बलियो पकड देखिएको छ । रौतहट- २ मा उनी निकट किरण साह विजयी भएका छन् । मोरङ- ४ मा निर्वाचित योगेन्द्र मण्डलसमेत प्रभु साह निकट मानिन्छ ।

त्यसैले उनीसँग तीनजना प्रतिनिधिसभा सदस्य छन् । मधेस प्रदेशमा प्रभु साह निकट तीन-चारजना निर्वाचित छन् । सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

माघ २० गते आइतबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी