काठमाडौं । कोमाकी इभीकाे नेपालका लागी आधिकाकिर वितरक युनिटी ट्रेडिङले विन्टर अफर ल्याएको छ ।
यसअफर अन्तर्गत ग्राहकले कोमाकीका इलेक्ट्रिक स्कटर एवं मोटरसाइकल खरिद गर्दा ८ हजारदेखी २५ हजार रुपैयाँसम्म नगद छुट पाउने सक्नेछन् । कम्पनीकाअनुसार यसका अतिरिक्त ग्राहकले आफूसंग भएको पुरानो वाइक एवं स्कुटरसँग एक्सचेन्ज गर्दा कम्पनीले २० हजार रुपैयाँको अतिरिक्त मूल्यांकन र ३० हजार रुपैयाँको न्यूनतम मूल्यांकन पाउनेछन् । साथै एउटा हेल्मेट, वाइक कभर, मग, पेन र किरिङ समेत निशुल्क पाउनेछन् ।
कोमाकी ब्रान्डका हाल ६ मोडलका स्कुटर र एउटा मोटरसाइकल बजारमा उपलब्ध छन् । जसमा सवैभन्दा बढी रेन्जर इलेक्ट्रिक मोटरसाइकलमा २५ हजार रुपैयाँ छुट, स्कुटरमा भेनिस इकोमा २४ हजार, एलवाईमा ८ हजार, एसई प्रो, डिटी ३००, भेनिसमा र एसई स्पोर्टमा १० हजार रुपैयाँका दरले नगद छुट पाइनेछ ।
भक्तपुरस्थित शोरुमबाट पाइने यो अफर पुष ६ गतेसम्मका लागी मात्रै लागु हुने कम्पनीले बताएको छ ।
प्रतिक्रिया