४ असार २०८३, बिहिबार । June 19, 2026

जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु


२६ मंसिर २०७९, सोमबार  

6
Shares

जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ११ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे । हालसम्म मृतक केहीकाे नाम खुले पनि अन्यकाे सनाखत भइसकेको छैन।

दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ। मध्यपहाडी सडक खण्डमा भएको साे दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा