१ चैत्र २०८१, शनिबार । March 15, 2025

जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु



जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ११ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे । हालसम्म मृतक केहीकाे नाम खुले पनि अन्यकाे सनाखत भइसकेको छैन।

दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ। मध्यपहाडी सडक खण्डमा भएको साे दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा