८ कार्तिक २०८३, आइतबार । October 25, 2026

अध्यादेश ल्याइनु अहिलेको आवश्यकता : सञ्चारमन्त्री


२६ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । सरकारले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल तथा समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने उद्देश्यका साथ अध्यादेश ल्याइएको बताएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकता र हिंसात्मक क्रियाकलापमा संलग्नलाई ध्यानमा राखेर फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश ल्याएको बताएका हुन् । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसकै नेताहरुले विरोध गरिरहेका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने उद्देश्यका साथ सो अध्यादेश ल्याउने निर्णय गरिएको प्रस्टीकरण दिएका हुन् ।

उनले योभन्दा अघिका सरकारले पनि यस किसिमका अध्यादेश जारी गरेको र यस किसिमले माफी दिने सहमति गरेको बताए । मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न सहज वातावरण बनाउने उदेश्यसहित अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि