१ चैत्र २०८१, शनिबार । March 15, 2025

जाजरकोटमा जीप दुर्घटना अपडेट

ज्यान गुमाउनेको संख्या १२ पुग्यो



जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये ८ जना एकै वडाका रहेका छन् । जाजरकोट छेडागाड नगरपालिका–५ का जैभान अधिकारीसहित दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको ज्यान गएको हो ।

छेडागाड–६ का वीरबहादुर खत्रीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । छेडागाड नगरपालिका वडा नम्बर ५ मा सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ च ४२९ नम्बरको जन्ती सवार जिप दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा