१ चैत्र २०८१, शनिबार । March 15, 2025

अनलाइन सट्टेबाजी गर्ने दुईजना पक्राउ



काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले दुई जनाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरु सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवनकुमार शर्मा र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ घर भएका ३७ वर्षीय रुद्रप्रसाद पोखरेल रहेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाइन सट्टेबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्रप्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका–१ जमलबाट शनिबार र पवनकुमार शर्मालाई नरदेवीबाट आइतबार विभिन्न गेमहरूमा अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई सट्टेबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा