३ आश्विन २०८३, शनिबार । September 19, 2026

अनलाइन सट्टेबाजी गर्ने दुईजना पक्राउ


२६ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले दुई जनाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरु सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवनकुमार शर्मा र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ घर भएका ३७ वर्षीय रुद्रप्रसाद पोखरेल रहेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाइन सट्टेबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्रप्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका–१ जमलबाट शनिबार र पवनकुमार शर्मालाई नरदेवीबाट आइतबार विभिन्न गेमहरूमा अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई सट्टेबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली